२ सय वालवालिकाहरुलाई पोसाक दिने वडा अध्यक्षको घोषणा



सुरेश श्रेष्ठ

दाङ २९ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहले ज्ञान ज्योति प्राबि सुन्दरनगर,५ तुलसीपुरमा अध्ययनरत २ सय वालवालिकाहरुलाई बिद्यालय पोशाक उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

आफ्नो ब्यक्तिगत रकमले २ सय वालवालीकालाई बिद्यालय पोशाक बितरण गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उक्त बिद्यालयले आज बिहीबार आयोजना गरेको छात्रबृत्ति बितरण कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष शाहले बिद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई पोशाक बितरण गर्ने प्रतिबद्धता जनाउनुभएको प्रधानाध्यापक मेघराज घिमिरेले जानकारी दिनुभयो ।

त्यसअबसरमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त दलीत तथा जेहेन्दार बिद्यार्थीको छात्रबृत्ति बितरण गरिएको छ ।  बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरीबहादुर बिकको अध्यक्षतामा आयोजीत उक्त कार्यक्रममा १ सय २२ जना दलीत छात्रछात्र र अन्य २२ जनालाई प्रति बिद्यार्थी ४ सयको दरले बितरण गरिएको थियो ।

पातुखोला तटीय क्षेत्रको सुरक्षा र हरियालीका लागि वडा नम्वर ५ ले आरम्भ गरेको कार्यक्रम उक्त बिद्यालयको आसपासमा पनि बृक्षारोपण गरिएको वडा सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो अबसरमा वडा नम्वर ५ मा नवनिर्बाचित वडा अध्यक्ष बिरेन्द्रकुमार शाह,महिला सदस्य साबित्रा गुरुङ,मधुमती सुनार,सुरेशकुमार श्रेष्ठ र अजय बुढाथोकीलाई शुभकामना तथा वधाई ज्ञापन गरिएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्