काठमाडौं, १८ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
सिंहदरबारमा बिहान ११ बजेपछि बस्ने बैठकमा संसदको गतिविधि र अन्य विविध विषयमा छलफल हुनेछ । बैठकमा सरकारको कामकारबाही र विपक्षी दललाई सत्ता पक्षले बेवास्ता गरेका बारेमा पनि छलफल हुनेछ ।
प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई र सभामुख कृष्णबहादुर महराले बिहीबार संसदको बैठकमा गृहमन्त्रीसँग जवाफ माग्न नदिएको विषयमा पनि कांग्रेसले दलको बैठकमा छलफल गर्नेछ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।