भूकम्पले क्षतिग्रस्त दरबार हाइस्कुलको पुनर्निर्माण थालियो



काठमाडौं : महाभूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को पुनर्निर्माणको काम सुरु गरिएको छ। चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको सो विद्यालयको शुक्रबार एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत  यु होङले संयुक्त रुपमा सिलन्यास गरेका हुन्।

भूकम्पपछिको भौतिक संरचना पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनर्निर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौताअनुसार यो विद्यालयको पुनर्निर्माण कार्य चीन सरकारले गर्न लागेको हो।

विद्यालय पुनर्निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धारित डिजाइनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए।

मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्गचित्र सार्वजनिक गरेको र त्यसमा सम्पूर्णतामा विद्यालयको अवधारणा पनि समावेश रहेको उल्लेख गर्दै पुनर्निर्माणपछि दरबारइस्कुल पनि सम्पूर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास आफूले लिएको बताए। चीन सरकार आफैँले छानेको निर्माण व्यवसायीद्वारा पुनर्निर्माण गर्न लागिएको यो विद्यालयको २० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ। १ सय ६५ वर्ष पहिले स्थापना भएको यो विद्यालय मुलुककै जेठो विद्यालय हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्