दाङमा दश बर्षीया अपाङ्ग बालिका बलात्कृत



घोराही १८ साउन । पछिल्ला समय बलत्कारका घटनाहरु दिन प्रति दिन बढिरहेको छ। न मानीसले बालबालीका नै भन्र्याे त न बृद्ध नै बलत्कारका घटनाहरु नबिराई सुनिन थाले । देशका विभिन्न स्थानमा बलत्कारका घटनाहरु आइरहेको बेला दाङको घोराहीमा पनि अपांगता भएकी बालिकामाथी बलात्कार भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ रझेना निवासी सुस्त मनस्थिती भएकी १० बर्षिया बालिकाको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

बालिका माथि बलात्कार भएको जाहेरीका आधारमा प्रहरीले घोराही उपमहानगरपालिका वडा नं। १२ निवासी ३५ बर्षीय तेजबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक निर्मल खत्रीका अनुसार साउन १० गते दिउसो बस्नेतले घरमा कोही नभएको अबस्थामा बालिका माथी करणी गरेको जाहेरीमा उल्लेख गरीएको छ ।

पिडित बालिकाले जाहेरी दिएपछि अभियुक्तलाई सोही दिन नै पक्राउ गरेको प्रहरी नायव निरीक्षक खत्रीले बताउनुभयो । बस्नेतमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्