मुख्य समाचार

निरू पालमाथि आक्रमण -घटनाको छानविन गर्न समिति गठन

By थाहा अनलाइन

August 03, 2018

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका सांसद एवं संसदीय सुनुवाइ विशेष समितिकी सदस्य निरू पालमाथि भएको आक्रमणको घटनाबारे छानविन गर्न समिति गठन भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको हो। समितिमा बानेश्वर वृत्तका डीएसपी गोविन्द काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य छन्।

समितिले काठमाडौ परिसर भित्रका सबै जनशक्ति परिचालन गरी घटनाको छानविनलाई निष्कर्षमा पुर्याउने काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

प्रधानन्यायाधीशमा दीपकराज जाेशीकाे नाम स्वीकृत गर्ने कि नगर्ने भन्ने ढिलाइ भइरहेका बेला समितिकी सदस्य पालमाथि मंगलबार राति बानेश्वरमा कञ्चटमा पेस्ताेल राखेर अज्ञात व्यक्तिले धम्की दिएका थिए। साथै उनकाे माेबाइल समेत लुटेर लगेका थिए।