चुनावमा अन्तर्घात गरेको भन्दै चौधरीद्धयलाई कार्वाही सिफारिस



घोराही, असार २९ । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर १७ को चुनावि समिक्षा कार्यक्रम बुधवार सम्पन्न भएको छ । वडा नम्बर १७ का उप संयोजक यमप्रशाद आचार्यको अध्यक्षता एंव एमाले दाङका सल्लाहकार समितिका सभापति दामोदर अधिकारी, घोराही उपमहानगरपालिका इञ्चार्ज विवेक श्रेष्ठ, एमाले नेता नारायण तर्ताल, बुद्धिजिवि संगठनका जिल्ला सचिव केवि चौधरीको
उपस्थितीमा भएको चुनावि समिक्षा कार्यक्रममा एमाले नेता, कार्यकर्ताहरुले पार्टिभित्रको अन्तर्घातका कारण वडा नम्बर १७ मा चुनावमा पराजय भोग्नु परेको निष्कर्ष निकालेका छन् ।

उनिहरुले पार्टिको आधिकारीक उम्मेद्वारलाई  हराउन चुनावमा अन्तर्घात गर्नेहरुमाथि पार्टिले कडा कारवाही गर्नसमेत आग्रह गरेका छन् । बैठकले चुनावमा अन्तर्घातका गर्नेहरुमाथि छानविन गर्न दामोदर अधिकारीको संयोजकत्वमा देवहरी आचार्य र खलु चौधरी रहेको एक उप समिति गठन गर्नुका साथै दशदिन भित्र प्रतिवेदन पेश गर्न उपसमितिलाई निर्देशनसमेत दिएको छ । बैठकले चुनावमा अन्तर्घात गर्नेहरुमाथि कारवाही गर्न पार्टिलाई सिफारीस गरेको छ ।

पार्टिका सदस्य सकलरी चौधरी स्थानिय तहको निर्वाचनमा निर्वाचनको मुखैमा नेपालि काग्रेसमा प्रवेश गर्नुका साथै  पार्टिका सदस्य एंव वडा नम्बर १७ का सचिव दिपक चौधरी मनोनयनको अघिल्लो दिन असार ३ गते विज्ञप्तिमार्फत पार्टि सदस्य छोडेको घोषणा गरेकाले दुवै
जनालाई पार्टिवाट कारवाही गर्न बैठकले सिफारीस गरेको छ ।

साथै बैठकले निर्वचनमा पार्टिलाई मतदान गरी सहयोग पु¥याउनु हुने सबै मतदातालाई धन्यवाद ज्ञापन गरेको छ भने छुट मतदातालाई सक्रियतापुर्वक निर्वाचन आयोगमा लगी नामावलिमा समावेश गर्न लागि पर्ने निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्