जोशी प्रधानन्यायाधीशमा दुईतिहाइले अस्वीकृत



नरेन्द्र साउद/खगेन्द्र भण्डारी

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतबाट अस्वीकृत भएको छ । शुक्रबार सिंहदबारमा भएको संसदीय सुनुवाई समितिको बैठकमा जोशीको नाम दुईतिहाइ बहुमतले अस्वीकृत भएको हो ।

कांग्रेसले बहिष्कार गरेपछि जोशीलाई स्वीकृत र  अस्वीकृत गर्ने पक्षमा भएको मतदानका क्रममा १० भोट अस्वीकृत गर्ने पक्षमा पर्‍यो भने स्वीकृत गर्ने पक्षमा कुनै पनि भोट खसेन । संसदीय नियमावली अनुसार दुईतिहाइ बहुमतले अस्वीकृत गर्न सकिने भएकाले यो निर्णयमा पुगिएको समितिका जेष्ठ सदस्य तथा सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टीसहितको दुईतिहाइ बहुमतबाट जोशीको नाम प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेको छ । १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाबाट ९ र संघीय समाजवादी फोरमका १ गरी १० जना संसद छन्, जुन दुईतिहाइ बहुमत हो । उता कांग्रेसबाट चार सदस्य रहेका छन् ।

शैक्षिक प्रमाणपत्र विवाद र केही ‘विवादित फैसला’का कारण सत्तासीन नेकपा जोशीको सिफारिस दुईतिहाइबाट अस्वीकृत गरिएको हो । यसअघि गत बुधबारको बैठकबाट जोशीको नाम अस्वीकृत गर्ने तयारी गरेको नेकपाले प्रमुख विपक्षी कांग्रेसले बैठक नै बहिष्कार गर्ने चेतावनी दिएपछि दुई दिन बैठक स्थगित गर्न सहमत भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्