दाङमा पनि सवारीको अवस्था जाँचिने



 

दिपक बोहरा, तुलसीपुर १८ साउन ।

दाङमा पनि सवारी जाँच पास शुरु हुने भएको छ । सरकारले मुलकभर चारपाङ्ग्रे सवारी साधनमा अनिवार्य रुपमा जाँचपास गराएर हरियो स्टिकर लिनुपर्ने नियम लागु भएसंगै दाङमा पनि सवारी जाँचपास शुरु हुने भएको हो । त्यसका लागि यातायात ब्यबस्था कार्यालय राप्तीमा सवारी जाँच पास यन्त्र आईपुगेको छ ।

यातायात ब्यस्था बिभागले सवारी जाँचपासका लागि ग्यास एनालाईजर र स्मोक मिटर पठाएको यातायात व्यबस्था कार्यालय राप्तीका प्रमुख मित्रलाल ढकालले बताए । ‘प्रदूषणको मुख्य कारणमध्ये सवारीसाधनको धुँवा पनि हो,’ प्रमुख ढकालले भने ‘हरियो स्टिकर अनिवार्य गरेमा प्रदूषण घट्ने अपेक्षा छ ।’ प्रदूषण जाँचमा फेल भएका सवारीसाधनलाई रातो स्टिकर दिइन्छ ।

नियमानुसार निजी सवारीधनीले वर्षको एकपटक तथा सार्वजनिक सवारीसाधनले ६÷६ महिनामा प्रदूषण जाँचपास गराएर हरियो स्टिकर लिनुपर्छ ।

ती यन्त्र सञ्चालन गर्नका लागि ईन्जिनियरको दरबन्दी रहेपछि उक्त दरबन्दी खाली रहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले बताए ।‘उक्त यन्त्र चलाउन एक जना ईञ्जिनियरको दरबन्दी खाली छ’ उनले भने‘उक्त दरबन्दीमा कर्मचारी आएपछि यन्त्र सञ्चालनमा आउछ ।’ ईञ्जिनियर पठाउन भनि पटक पटक बिभागमा दवाव दिईरहेको भन्दै केही समयमा पठाउने आस्वासन पाएको उनले बताए । सवारी जाँचपास यन्त्र प्रयोगमा आएसंगै कुन सवारी प्रयोग गर्न उपर्युक्त छन्, कुन सवारी चलाउन अनुपयुक्त छन्, भन्ने बारेमा जानकारी हुने उनले बताए बताए ।

अत्यधिक प्रदुर्शनयुक्त तथा कन्डिनस बिग्रिएका गाडीलाई सञ्चालनमा रोक लगाउने उनले प्रमुख ढकालले बताए । डिजेल र पेट्रोलका सवारी साधन जाँच्नका लागि छुट्टाछुट्टै मेसिनहरू प्रयोग गर्नुपर्छ । पेट्रोलबाट चल्ने सवारीसाधनले फ्याँक्ने धुवाँको मात्रा ग्याँस एनालाइजर मार्फत नापिन्छ, भने डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँ जाँच ‘डिजेल स्मोक मिटर’ मार्फत गरिन्छ ।

सवारीसाधनमा धुवाँको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइटको मात्रा तीन प्रतिशत हुनुपर्ने तथा धुवाँको मात्रा २ दशमलब ४४ एचएस्यु हुनुपर्ने मापदण्ड छ ।

दुईपांग्रेका लागि प्रदूषण जाँच गर्ने व्यवस्था नभएकाले नियम लागू नहुने प्रमुख ढकालले बताए । रातो स्टिकर पाएका सवारीसाधन मर्मतका लागि वर्कसपसम्म मात्रै सञ्चालन गर्न पाइन्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० (३) अन्तर्गत सवारी प्रदूषण मापदण्ड फेल हुने सवारी साधनलाई दुई सयदेखि एक हजार रूपैयाँसम्म जरिवाना गर्न सकिन्छ । चलाउन मिल्ने र नमिल्ने गाडिहरुको मेसिनले जाँच गर्ने र प्राबिधिकद्धारा भेरिफाई गरिने उनले बताए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्