घोराही सिमेन्ट टोलि कालोबजारी गरेपछि सगरमाथा सिमेन्टको उत्पादन र बिक्री वितरण बन्द गरेपछि वर्दियामा,प्रजिअले भेट दिएनन



१८ साउन, घोराही । सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले बिक्री वितरण बन्द गर्न निर्देशन दिएपछि घोराही सिमेन्ट उद्योगको टोलि वर्दियामा पुगेको छ ।

सञ्चारमाध्यममा घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन भएको प्रमाणीत भएपछि यस वारे बुझ्न उद्योगको टोलि वदिर्या जिल्ला प्रशासन पुगेको हो । वर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले उद्योगवाट आएको टोलिसंग आफुले भेट नगरेको दावि गरेका छन् । सिमेन्ट गुणस्तरहीन भएको भन्दै वर्दियामा सिमेन्ट उद्योगको विक्री वितरणमा स्थानिय प्रशासनले रोक लगाउनुका साथै दाङ प्रशासनलाई पत्राचार गर्दै सिमेन्टको पुर्णरुपमा विक्री वितरणमा रोक लगाउन अनुरोध गरीसकेको छ ।

दाङमा पनि उद्योगको उत्पादित सिमेन्ट विक्री हुन छाडेको छ । स्थानिय प्रशासनको निर्देशन पछि उपभोक्ताहरुले अहिले घोराही सिमेन्टको उत्पादित सिमेन्ट किन्न छाडेको बताएका छन् । वर्दियाका प्रजिअ कुरुम्बाङ्गले वर्दियामा घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्ट विक्री वितरण प्रहरी पठाएर रोक्न लगाएको जानकारी दिदै दाङमा पनि गुणस्तरहीन सिमेन्ट विक्री वितरण गरेको हुन सक्ने भएकाले उपभोक्ताहरुलाई सचेत हुन आग्रह गरेका छन् । ‘हिजो उहाँहरुसंग भेट भएन, म नेपालगञ्ज थिए, म भएपनि उहाहरुसंग भेट गर्ने थिएन–उनले भने–‘मेरो जुनियर अधिकृतसंग भेट गरेर कागजका फोटोकपि माग्नु भएको रहेछ, प्रशासनका साथिहरुले जिल्ला प्रशासन कार्यालय वर्दिया जान भन्नु भएको रहेछ ।’ उद्योगले आर्थिक चलखेल गरेर आफ्नो सिमेन्ट ठिक रहेछ भनेर पत्र तयार गर्न लगाउला नि भन्ने जिज्ञाशामा प्रजिअ कुरुम्बाङ्गले भने–‘त्यो कल्पना पनि नगर्नुहोस, गलत कामलाई मैले प्रोत्साहीत गर्ने कुरा हुँदैन, कालोवजारी ऐन अनुसार उद्योगलाई कारवाही हुन्छ, यदि त्यस्तो प्रकारको कुनै चलखेल भेटिएमा सबैलाई कानुनि दायरामा ल्याउछ, उपभोक्ताप्रति यति ठुलो खेलवाड गर्दा पनि स्थानिय प्रशासन मुकदर्शक बन्न सक्दैन, त्यो हाम्रो जिम्मेवारीले पनि दिदैन् ।’

यस विषयमा बुझ्न खोज्दा उद्योगका जनसम्पर्क अधिकारी भनिएका अमर सुवेदिको फोन स्विच अफ रहेको थियो । शुक्रवार दिउसो १२ बजे ११ मिनेट जादा उनको ९८४७८२०५१३ मोवाइल नम्वरमा फोन गर्दा स्विच अफ रहेको थियो । स्रोतका अनुसार उद्योग पक्षवाट स्थानिय प्रशासनलाई फकाउन टोलि वर्दिया गएको थियो । आर्थिक चलखेल गरेर आफ्नो बन्द फुकाउन उद्योग निरन्तर लागिपरेको स्रोतको भनाई छ ।

केही समय पहीले गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो ।

कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त उद्योगलाई बिक्री वितरण बन्द गर्न साथै थप कारबाही समेत गर्ने जनाएको छ । उक्त सिमेन्टको प्रयोग नगर्न कार्यालयले सर्वसाधारणलाई समेत अनुरोध गरेको छ ।

उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त ब्राण्डको सिमेन्टको उद्योग भने दाङको घोराहीमा रहेको छ । घोराहीबाट उत्पादन हुँदै आएको सिमेन्ट बर्दियाको गुलरिया नगरपालिकामा अनुगमनका क्रममा गुणस्तरहीन भएको शंका गरिएको थियो ।

गुणस्तरहीन भएको आशंकामा जिल्ला प्रशासन कार्यालयले बर्दियाले परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा अनुरोध गरेको थियो । विभागले सिमेन्ट गुणस्तरहीन भएको ठहर गरेपछि उद्योगलाई कारबाही गर्न लागिएको हो ।

अर्को निर्णय नहुञ्जेलसम्म उद्योगको उत्पादन कार्य बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्