प्रदेश ५

घोराही –१४ मा वडा स्तरिय वातावरण तथा विपत्त व्यवस्थापन समिति गठन

By थाहा अनलाइन

August 03, 2018

दाङ, १८ साउन । घोराही उप–महानगरपालिका वडा नं.१४ मा वडा स्तरिय वातावरण तथा विपत्त व्यवस्थापन समिति गठन गरिएको छ । वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

 

समितिको सदस्यहरुमा राजनितिक दलका तर्फबाट देवीराम न्यौपाने, सहकारीको तर्फबाट जलजला कृषी सहकारी संस्थाका कृतिमान पुन,खोलीगाउँ टोल विकास संस्थाको तर्फबाट रचना कुमाल, युवाको तर्फबाट अजित मन्सुरी, जेष्ठ नागरिक चित्रकान्त आचार्य, झिगौरा टोल विकास संस्थाका तर्फबाट लालबहादुर चौधरी,गोर्खाटोल विकास संस्थाबाट ईन्द्रमणी घिमिरे, स्वास्थ्यका तर्फबाट लक्ष्मी ढकाल, टेकबहादुर वली, विद्यालयका तर्फबाट तारा भुषाल, पत्रकारका तर्फबाट अम्मरराज आचार्य, शुरक्षाको तर्फबाट पनि सदस्यमा राखिएको वडा वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।