निर्माता माधव वाग्ले कसरी भय रिहा



नक्कली नोट प्रकरणमा पक्राउ निर्माता माधव वाग्ले रिहा भएका छन् । बिहिबार उच्च अदालत पाटनले २५ लाख धरौटीमा निर्माता वाग्लेलाई रिहा गरेको हो ।

नक्कली नोटको कारोबार गरेको भन्दै जेठमा जिल्ला अदालत काठमाडौंले पूर्पक्षको लागि वाग्लेलाई थुनामा राख्न आदेश दिएको थियो । जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ सहित वाग्ले सहित ६ जनालाई पक्राउ गरेको थियो । फिल्म ‘चंगा चेट’ का लागि बनाएको नक्कली नोट प्रहरीले बरामद गरेपछि वाग्ले पक्राउ परेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्