च्याउ खाएर ज्यान गुमाएकाको परिवारलाई पाँच हजार सहयोग



 

दाङ १८ साउन । घोराही उपमहानगरपालिकाले च्याउको तरकारी खाँदा ज्यान गुएका व्यक्तिका परिवारलाई ५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर १९ पाँचपाखरी गाउँमा च्याउको तरकारी खाएर मृत्युभएका प्रशंसा घर्ती, वालाराम घर्ती, चित्रबहादुर घर्तीका पारिवारलाई ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

उपमहानगरको कार्यपालिका बैठकले वडा नम्बर १८ गिठेपानी निकासी १२ बर्षिया कुशुम गौतमको तलाउमा डुबेर मृत्यु भएको र उहाँको परिवारलाई पनि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

 

त्यसैगरी, बैठकले चालु आर्थिक बर्षका लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्न सबै महाशाखा, शाखा र वडाहरुको आ आफ्नो कार्यक्रमको समय सीमा सहितको कार्ययोजना बनाई कार्यपालिकाबाट स्वीकृत गराउने निर्णय समेत भएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले तालिम व्यवस्थापन तथा कार्यविधिलाई स्विकृत गरेको छ । साथै रिक्त रहेका शिक्षक दरवन्दी, राहत कर्मचारी एवं शिक्षा विकास तथा समन्वय ईकाइ दाङबाट प्राप्त अनुदान रकममा शिक्षक नियुक्ति गर्नको लागि सम्वन्धित विद्यालयलाई अनुमति दिई परीक्षा समेत ब्यवस्थापन गर्ने जिम्मेवारी नगर प्रमुखलाई बैठकले दिएको छ ।

यसैगरी उपमहानगरले बजारका ग्रिल व्यवसायीहरुलाई घोराही १४ र स्वर्गद्वारी आश्रम बीचको सम्झौँता अनुसार स्वर्गद्धारी आश्रमको गुठीको जग्गामा व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी न्यायिक समितिले मेलमिलापको माध्यमबाट मात्र विवादको निरुपण गर्नुपर्ने भएकाले नगरमा रहेका मेलमिलापकर्ताहरुलाई एकीकृत गर्ने निर्णय पनि भएको छ ।

साथै नगर क्षेत्रमा सञ्चालित सबै व्यवसायहरुको अनिवार्य दर्ता गरी सञ्चालन गराउने निर्णय समेत भएको छ । बैठकले कार्यपालिका सदस्य विमला गन्धर्वका श्रीमान निमबहादुर गन्धर्वको निधन प्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समबेदन प्रकट गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्