प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम दुई तिहाईले अस्वीकृत गरेको हो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो, जुन प्रस्तावित नाम अस्वीकार गर्न चाहिने दुई तिहाई हो ।
सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) र फोरमका सांसदहरुले जोशीको विक्षमा मत दिएका थिए । बैठकपछि समिति सदस्य योेगेश भट्टराईले जोशीलाई अस्वीकृत गर्नुको कारण सञ्चारकर्मीसमाझ सुनाएका थिए ।
भट्टराईले जोशीले प्रधानन्यायाधीश नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा पेश गर्न नसकेको, सुनुवाईका क्रममा आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको, शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न नसकेको लगायतका कारण सुनाए ।
यसैगरी, जोशीको सार्वजनिक आचरण र विगतका कामकारबाहीबारे पूर्व न्यायाधीशहरुबाटै प्रश्न उठको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिन सक्ने दृष्टान्त पेश गर्न नसकेको र जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेको लगायतका कारण अस्वीकृत गर्नु परेको सांसद भट्टराईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।