राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आव २०७४÷०७५ मा कूल रु ५५ करोड खुद नाफा आर्जन गरेको छ । कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आव २०७४÷७५ मा कम्पनीले बीमा शुल्कबापत रु ९३ करोड ८८ लाख र लगानी तथा कर्जाबाट रु ७४ करोड ७३ लाख आम्दानी गरेको जानकारी दिइयो ।
कम्पनीले विसं २०२४ साल पुस १ गते राष्ट्रिय बीमा कम्पनी (प्रालि) का रुपमा स्थापित भई २०२५ साल पुस १ गतेदेखि राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अन्तर्गत संस्थानमा परिणत भई निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसायलाई अलग संस्थाबाट सञ्चालन गर्नेसम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्को २०७१ वैशाख २३ गतेको निर्णयबमोजिम साविकको संस्थानले सञ्चालन गर्दै आएको निर्जीवन बीमा व्यवसाय राष्ट्रिय बीमा कम्पनी लिमिटेडका रुपमा स्थापना भई व्यावसायिक कारोबार शुरु गर्दै आइरहेको छ ।
कम्पनीको हाल १२ वटा शाखा कार्यालय र दुई सम्पर्क कार्यालय सञ्चालनमा रहेका छन् । बीमा समितिले जारी गरेको पशु तथा बाली बीमा गर्ने नीतिबमोजिम कम्पनीले पनि पशु तथा बालीको बीमा व्यवसाय गरी कृषि क्षेत्रमा थप सेवा प्रदान गरिरहेको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।