केशर रोका,
प्यूठान । प्यूठान नगरपालिका–८ खप्रेङखोलाका नौ महिने शिशु प्रकाश विश्वकर्माको शरीरभरी उठेका घाउको उपचारका लागि सहयोग संकलनहुन थालेको छ । गत बैशाखमा सामान्य घाउ देखिएका बालकको अहिले पूरै शरीर घाउले ढाकिएको छ ।
प्यूठान र बुटवलका अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई कान्ति बाल अस्पताल काठमाण्डौं पुर्याइएको छ । आर्थिक अभावका कारण परिवारले समयमै उपचार गर्न सकेको थिएन ।
समाचार प्रकाशित भएपछि देश, विदेशमा रहेर विभिन्न पेशा, व्यवसायमा आवद्ध नेपालीहरुले सहयोग प्रदान गरेका छन् । शनिबारसम्म झण्डै ६५ हजार रुपैयाँ संकलन भइसकेको छ ।
कतारमा रहेका प्यूठान नगरपालिका–७ का पारस नेपालीले दश हजार सहयोग गरेका छन । त्यसैगरी नेपाल चेम्बर अफ कमर्श सुर्खेत शाखा कोषाध्यक्ष हिमा उपाध्याय, प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती, खलंगाका सुनचाँदी व्यवसायी भिम बहादुर सुनार र बुटवल पावर कम्पनी कर्मचारी यूनियन झिमरुक जलविद्युत्त केन्द्र दारीमचौरले बालकको उपचारका लागि पाँच÷पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।
नगरपालिका उप मेयर शान्ता आचार्य सहित नौ वटा वडाका वडा अध्यक्षले एक÷एक हजार रुपैयाँ सहयोग गरेका छन् । प्यूठान नगरपालिकाको कार्यालयले पच्चीस हजार रुपैयाँ सहयोग गरेको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।