कामु प्रधानन्यायाधीश जोशीले राजीनमाना नदिने



काठमाडौं : सुनुवाइ समितिबाट अस्वीकृत भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नौ कुनै गल्ती नरहेको भन्दै राजीनामा नदिने बताएका छन्।

उनले समितिले आफूलाई विनाकारण रोकेको टिप्पणी गरे। आफन्त र शुभेच्छुकले संसदको निर्णय असमान र आग्रहपूर्ण रहेको भन्दै राजनीनामा नदिन सुझाएको जोशीनिकट सर्वोच्च अदालत स्रोतले बतायो। जोशीले समितिको निर्णयअघि शुक्रबार सर्वोच्चको संवैधानिक इजलासमा अरु चार जना न्यायाधीशसँग बसेर दुई रिटमा सुनुवाइ गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन्।

‘अस्वीकृत भएर के भो र? न्यायालयमै बसेर काम गर्छु। कामु प्रधानन्यायाधीश मै हुँ, मैले पेसी नतोके कसले तोक्छः’ उनले भने, ‘संविधानको व्यवस्थाअनुसार पनि वरिष्ठ न्यायाधीशले नै पेसी तोक्छ।’ प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधशिको रुपमा कार्यरत रहने वा राजीनामा दिने विषयमा उनले बोल्न नचाहेको नयाँ पत्रिका दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्