हत्यारालाई जन्म कैदको घोषण नहुदा सम्म परिवारले घर्तीको शव नबुझ्ने



दाङ, असार २९ । तुलसीपुर उपमहानगरपालिका ५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका घोराही १२ कात्तिकेका २८ वर्षीय रणबहादुर घर्तीको शव परिवारले नबुझने भएका छन् । श्रेष्ठको शव भेटिएको सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा नै घर्तीको बुधबार शव भेटिएको थियो । जेठ २९ गते श्रेष्ठको हत्या गर्नु एक घण्टा अघि नै घर्ती हत्या भएको र शव श्रेष्ठको भन्दा २ सय मिटर तल भेटिएको ्रहरीले वताएको छ ।

अपहरणकारीलाई चिनेका कारण अपराध लुकाउन घर्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका दाङका प्रमुख धिरज प्रताव सिहले बताउनुभयो । साउन २६ गते बेलुका भारतीय व्यवसायीसँग कामको सिलसिलामा एचपी ११८६४८ नं को गाडीमा रुकुम जाने क्रममा सल्यानको कपुरकोट नजिक व्यवसायी श्रेष्ठको गाडी ठानेर अपहरणकारीले उहाँलाई रोकेका थिए । घर्तीले अपहरणकारीलाई चिनेको भनेपछि घटनाको पोल खुल्ने डरले उनी पनि श्रेष्ठसँगै अपहरणमा परेका थिए । बा ११ च १०७१ नम्बरको निजी सेतो रंगको कारमा गएका श्रेष्ठ पछाडि थिए । श्रेष्ठ पुगेपछि दुवैजना अपहरणमा परेका थिए । दुवै गाडी जेठ २७ गते सल्यानको कपुरकोट गाउँपालिका ५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा फेला परेका थिए ।
भाईको हत्या गरिएको भन्दै परिवार मृतक परिवारले उचित क्षति पूर्ति र जन्मकैदको फैसला नगर्दा सम्म भाईको शव नबुझने दाजु गणबहादुर घर्तीले वताउनुभयो । मृतक परिवारहरुले दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठल संग भेटघाट गर्दै मृतक परिवारले उचित क्षतिपूर्तीको माग गर्दै शव नबुझने वताएका हुन ।

त्यस क्रममा मृतकका दाजु गणबहादुर घर्तीले परिवारको उचित पालन पोषणको व्यवस्था गर्नुपर्ने , छोराहरुको उच्च शिक्षा अध्ययनको व्यवस्था सरकारले मिलाउनु पर्ने ,मृतककी श्रीमतीलाई रोजगारको व्यवस्था गर्नुपर्ने, लगायतका माग समेत परिवारले प्रजिअ श्रेष्ठ समक्ष राखेको छ । त्यसै क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले उचित क्षतिपूर्ती दिलाउनका लागि आफुले पहल गर्ने वताउँनुभयो भयो । यो विषयमा म अत्यन्तै गम्भिर भएको छु क्षतिपूर्ती विषयमा म पहल गर्ने छु उहाँले भन्नुभयो । त्यसकारण तपाईहरु सबै प्रकृया मिलाएर आउनुहोस पहल गर्ने छु भन्नुभयो ।
घटनाका मुख्य अभियुक्त सल्यान झिम्पे कोरवाङ ५ घर भई हाल दाङको हेकुली ६ बालापुर बस्ने ३७ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर ४ घर भई हाल तुलसीपुर ६ स्याउली बजार बस्ने ३९ वर्षीय टीकाराम घर्ती र उनकी छोरी १८ वर्षीय पूजा घर्तीलाई प्रहरीले गत मंगलबार सार्वजनिक गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले बाँकेको डुरुवा गाउँपालिका ६ स्थित नेपाल भारतको सिमानामा पर्ने हिरमिनियामा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको थियो ।

यसै गरी उक्त घटनाका मुख्य योजनाकारहरु तुलसीपुर उपमहानगरपालीका ८ का २८ वर्षीय भूपेन्द्र भण्डारीलाई तुलसीपुर ११ कटाहाका ३० वर्षीय खुमबहादुर केसीलाई काठमाडौं र तुलसीपुर ९ बेलुवा शिवज्योति टोलका ४१ वर्षीय नारायण ओलीलाई तुलसीपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठको शव भेटिनु अघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो । यसअघि पक्राउ पर्नेमा जंकोट १ रोल्पा घर भई घोराही ४ बस्ने ४० बर्षीय रमेश भनिने मनबहादुर पुन, दाङको पवननगर १ घर भई हाल तुलसीपुर ६ बस्ने २३ वर्पीय रुगत थापा मगर, तुलसीपुर १२ का २५ वर्षीय कमल भनिने अविरल महतरा र घोराही १४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन रहेको प्रहरीले जनाएको छ ।
हत्यारालाई कारवाहीको माग
रणबहादुरका हत्यारालाई कारवाहीको माग गरिएको छ । हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यामबहादुर भण्डारीले एक विज्ञप्ती जारी कारवाहीको माग गरेको हो । विज्ञप्ती मार्फत उहाँले परिवारको उचित पालन व्यवस्था गर्नुपर्ने, छोरा छोरीको पठन पाठन व्यवस्था मिलाउनु पर्ने, परिवारलाई उचित क्षतिपूर्ती दिलाउनु पर्ने लगायतका माग समेत राखेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्