घोराही र तुलसिपुर उपमहानरपालिकाका मेयरको स्वागत सम्मान



दाङ , २९ असार । नारायणपुर उद्योग वाणीज्य संघले जनप्रतिनीधीहरुलाई स्वागत गरेको छ । संघले आज नारायणपुरमा एक कार्यक्रमको आयोजना गरि घोराही र तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख एवं घोराही उपमहानगरपालिका वडा नम्बर ८, ९, १०, ११ र १२ का वडा अध्यक्ष एवं सदस्यहरुलाई बधाई सहित सम्मान गरेको हो । संघका अध्यक्ष गोपालप्रसाद लम्सालको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं तुल्सीपुर उपमहानगरपालिकका प्रमुख घनश्याम पाण्डेको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले त्रिपुर क्षेत्रको विकासकालागी ध्इान दिन अनुरोध गरेका थिए । उनीहरुले साविक त्रिपुर नगरपालिका र हालको घोराही उपमहानगरपालिका अन्तरगत ५ वडा वडाहरुमा विकासको राम्रो संभावन भएकाले ती संभावनाहरुलाई समेटेर विकासमा विशेष ध्यान दिन अनुरोध गरेका थिए । विशेष गरि रिहारबाट नारायणपुर– हापुर हुदै रोल्पा होलेरी जोड्ने सडक, बसपार्क व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायतका विविध विषयमा विशेष ध्यान दिन पनि सहभागीहरुले अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीले त्रिपुरलाई समेत समेटेर रिङ रोड निर्माण, बैकल्पीक सडक लगायतका त्रिपुर क्षेत्रको भविष्य उज्ववल भएकाले विकासकालागी सबै एक भएर लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा एमाले घोराही उपमहानगरपालिकाका सचिव सुदन केसी, वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, ९ का अध्यक्ष मानबहादुर बिसी, १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल), ११ का अध्यक्ष कुलबहादुर लामीछाने, १२ का अध्यक्ष राजेन्द्र बुढा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संघका मानार्थ सदस्य माधवप्रसाद पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव धनेश्वर आचार्यले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्