बुगीवुगीको समापनपछि सामूहिक फोटो खिचाउँदै विजेता, टप १८ मा पुगेका कलाकार र निर्णायकहरू । तस्बिर: सरोज बैजू

मनोरञ्जन

यस्तो देखियो बुगीवुगीको ग्रान्ड फिनाले (फोटो फिचर)

By थाहा अनलाइन

August 05, 2018

काठमाडौँः सर्लाहीकी कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी छन्। एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’ को सिजन वान सकिएको छ ।

पहिलो सिजनको फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै सर्लाहीकी १८ वर्षीया कविता नेपालीले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छन्। फ्रस्ट रनरअप बनेकी प्रगति पुनले ६ लाख रूपैयाँ जितिन् भने सेकेन्ड रनरअप सरोज मोक्तान चार लाख नगद पाएका छन् ।

समापन समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रबन्ध निर्देशक लक्ष्मीप्रसद पौड्याल र अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक हरिबहादुर थापासहितले विजेताहरूलार्इ पुरस्कार वितरण गरे । ग्रान्ड फिनालेका क्रममा बुगीवुगीका टप १८ कलाकारहरूले पनि नृत्य प्रदर्शन गरेका थिए ।