पहिरोले दुई घर पुर्‍यो : बालिकाको शव फेला, ५ बेपत्ता



जाजारकोट । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोले दुई घर पुरेको छ। पहिरोमा पुरिएकी एक बालिकाको शव निकालिएको छ भने अरु ५ जना हराइरहेको स्थानीयवासीले बताएका छन्।पहिरो आइतबार बिहान ८ बजेतिर गएको हो।

पहिरोमा पुरिएका ३० वर्षीय पुरुषको जीवितै उद्दार गरिएको छ। उनको नाम खुलेको छैन।

भेरी नगरपालिका ३ खलंगा ठाँटी नजिक माथिबाट आएको पहिरोले तीर्थराज बोहरा र गोपाल सुनारको घर पुरेको थियो।

घरका ठूला मानिसहरू काममा गएकाले बालबालिका घटनामा परेको हुन सक्ने स्थानीयवासीले बताएका छन्। ती घरमा डेरा गरेर बस्नेका बालबालिका घटनामा परेको प्रहरीले जनाएको छ।

अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर पुरिएकाहरूको खोजीकार्य गरिरहेका छन्।

विस्तृत विवरण आउन बाँकी छ।अन्नपुर्ण पोष्ट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्