माछा मार्न तालमा जाँदा डुबेर मृत्यु



धनकुटा – चौबिसे गाउँपालिका–२ सिथुङ ताल लाप्सेमा माछा मार्न जाने क्रममा तालमा डुबेर एक युवकको ज्यान गएको छ ।

तालमा माछा मार्न राति ८ बजे गएका चौबिसे गाउँपालिका–२ का ३४ वर्षीय धर्मेन्द्र मगरको माछा मार्ने क्रममा तालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । धनकुटा–मोरङको सीमावर्ती क्षेत्रमा रहेको उक्त ताल गाउँपालिकाले चिसाङ खोलालाई छेकेर ड्याम बनाई माछा पालन गरिँदै आएको थियो । धर्मेन्द्रसहित स्थानीय गजेन्द्र खुलाल, हेमबहादुर मगर, समीर मगर माछा मार्न राति तालमा गएको प्रहरीले बताएको छ ।

राति ११ बजे नै घटनाको बारेमा प्रहरीमा जानकारी आएपछि मुढेबास प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गएको थियो । अत्याधिक वर्षका कारण सवारी साधन संचालनमा समस्या भएको र दुर्गम क्षेत्र भएकाले अहिले मृतकको शवलाई तालबाट झिकेर पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भैरहेको एसपी गुरुङले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्