तेश्रो लिङ्गिलाई राज्यले हेर्ने दृष्टिकोण बदल्नुपर्छ: तेश्रोलिङ्गी सुजाता खड्का( भिडीयो सहित)



बिष्णुकुमार देवकोटा
दाङ साउन २०

यौनिक अल्पसंख्यक तथा पहिचानको पक्षमा आन्दोलनरत तेश्रोलिङ्गी नेतृ सुजाता खड्काले राज्यले तेश्रो लिङ्गिलाई राज्यले हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभएको छ ।


आज (आइतबार) सैघाली खबर डटकम तथा सैघाली अनलाइन टीभी संग लाइभ कुराकानी गर्दे खड्काले यस्तो बताउनुभएको हो । सन् २००१ मा स्थापना भई तेश्रोलिङ्गी तथा समलैङ्गीक अधिकारको क्षेत्रमा कृयासील ब्लू डायमण्ड सोसाइटि मार्फत खुला समाजमा आफ्नो
पहिचान र अस्तित्वका लागि लडिरहेकी खड्काले राप्ति क्षेत्रमा २३ सय तथा दाङमा मात्र १२ सय जना तेश्रो लिङ्गि तथा समलैङ्गिक व्यक्तिह रहेको जानकारी दिनुभयो । “ समाजमा तेश्रो लिङ्गि तथा समलिङ्गिहरुको पहिचान तथा अधिकार को सवालमा राज्य उदार हुनुपर्छ” खड्काले भन्नु भयो । मोडलिङ्क र नृत्यको क्षेत्रमा बिषेस रुचि राख्ने खड्का हाल ब्लूडायमढड सोसाइटिमा कार्यरत हुनुहुन्छ ।
रोजगार नभएका कारण तेश्रो लिङ्गी तथा समलैङ्गीकहरु यौन पेशा अंगाल्न बाध्य भएको खड्काले बताउनुभयो ।
समाजले हामिलाई हेर्ने नकारात्कम दृष्टिकोणका कारण जिउनै मुस्किल छ खड्काले भन्नु भयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्