अभिमत

तेश्रो लिङ्गिलाई राज्यले हेर्ने दृष्टिकोण बदल्नुपर्छ: तेश्रोलिङ्गी सुजाता खड्का( भिडीयो सहित)

By थाहा अनलाइन

August 05, 2018

बिष्णुकुमार देवकोटा दाङ साउन २०

यौनिक अल्पसंख्यक तथा पहिचानको पक्षमा आन्दोलनरत तेश्रोलिङ्गी नेतृ सुजाता खड्काले राज्यले तेश्रो लिङ्गिलाई राज्यले हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभएको छ ।

आज (आइतबार) सैघाली खबर डटकम तथा सैघाली अनलाइन टीभी संग लाइभ कुराकानी गर्दे खड्काले यस्तो बताउनुभएको हो । सन् २००१ मा स्थापना भई तेश्रोलिङ्गी तथा समलैङ्गीक अधिकारको क्षेत्रमा कृयासील ब्लू डायमण्ड सोसाइटि मार्फत खुला समाजमा आफ्नो पहिचान र अस्तित्वका लागि लडिरहेकी खड्काले राप्ति क्षेत्रमा २३ सय तथा दाङमा मात्र १२ सय जना तेश्रो लिङ्गि तथा समलैङ्गिक व्यक्तिह रहेको जानकारी दिनुभयो । “ समाजमा तेश्रो लिङ्गि तथा समलिङ्गिहरुको पहिचान तथा अधिकार को सवालमा राज्य उदार हुनुपर्छ” खड्काले भन्नु भयो । मोडलिङ्क र नृत्यको क्षेत्रमा बिषेस रुचि राख्ने खड्का हाल ब्लूडायमढड सोसाइटिमा कार्यरत हुनुहुन्छ । रोजगार नभएका कारण तेश्रो लिङ्गी तथा समलैङ्गीकहरु यौन पेशा अंगाल्न बाध्य भएको खड्काले बताउनुभयो । समाजले हामिलाई हेर्ने नकारात्कम दृष्टिकोणका कारण जिउनै मुस्किल छ खड्काले भन्नु भयो ।