घोराही, साउन १९ । दाङ चेम्वर अफ कमर्सको कार्य समिति विस्तार गरीएको छ । दाङ चेम्बर अफ कमर्सको शनिवार घोराहीमा बसेको बैठकले कार्य समिति विस्तार गर्नुका साथै विभिन्न ब्यक्तीहरुलाई संस्थाको सल्लाहकारमा चयन गरेको छ ।
जसअनुसार सचिबमा कुमारराज श्रेष्ठ, सदस्यहरुमा हरिप्रसाद बन्जाडे,पुकार रावत ,नारायण प्रसाद लामिछाने, युवा ब्यवसायि राजभक्त राना,ध्रुबराज पौडेल,बलदेब अधिकारी (नारायणपुर),सागर खनाल(नारायणपुर) रहनु भएको छ । संस्थाले सल्लाहकारहरुमा दाङ निर्माण ब्यवसायि संघका अध्यक्ष बलिभद्र राना,रेखबहादुर वलि देउतालाई चयन गरेको बैठकपछि अध्यक्ष सुवेदिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।