काठमाडौं : आइतबारदेखि तीन दिनसम्म देशैभर वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले विज्ञप्ती जारी गर्दै आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने जनाएको छ।
यस्तो छ विभागको विज्ञप्ती श्रावण २० गते आइतबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। आइतबार राती देशको पश्चिमि क्षेत्रका एक दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
श्रावण २१ गते सोमबार दिउसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । सोमबार राति मध्य र पश्चिमि क्षेत्रका एक दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ। श्रावण २२ गते मगलबार दिउसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानहरूमा र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। त्यस्तै उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत मौसव विज्ञान विभा बाढी पूर्वानुमान शाखाले बाढी अाउन सक्ने हुनाले सतर्क रहन अाग्रह गरेकाे छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।