काठमाडौं २० साउन, । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको शान, मान र विशेषतालाई सजीव ढंगले तस्वीरमा कैद गर्न फोटो पत्रकारहरुलाई सुझाव दिएका छन् ।आइतबार बबरमहलस्थित आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिएको उत्कृष्ट फोटोहरुको अवलोकन गरेपछि नेता नेपालले नेपालका फोटो पत्रकारहरु विश्व फोटो प्रर्दशनीमा पनि उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।
एउटै तस्वीरले समग्रतालाई समेटन सक्नुपर्नेमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले बताए ।
फोटो पत्रकार क्लवले यस वर्षको उत्कृष्ट फोटोहरुको प्रर्दशनी गरेको हो । यही साउन १६ गतेबाट सूरु भएको प्रदर्शनी भोलि ९सोमबार० सम्पन्न हुनेछ ।
आइतबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पनि फोटो प्रर्दशनीको अवलोकन गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।