सात सय युवालाई गाउँमै रोजगारी



ध्रुव बीसी,
अछाम।

अछामको मंगलसैन नगरपालिकाले युवालाई विदेश जानबाट रोक्न गाउँमै रोजगारको व्यवस्था गर्ने भएको छ।१८ बर्षदेखि माथि र ५० बर्ष मुनिकाले कामको लागि आवेदन दिन पाउने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद ढुंगानाले बताएका छन् । युवालाई विकास निर्माणको कार्यदल गठन गरेर नगरपालिकाको १४ वडामा परिचालन गरिने छ ।

कार्यदलमा समावेश भएका युवाले मासिक १२ हजार पारिश्रमीक पाउने र दैनिक आठ घण्टा काम गर्नुपर्ने नियम रहेको छ । र प्रत्येक टोलीमा एक जना सुपरभाइजर राखिने मंगलसैन नगरपालिका ६ का अध्यक्ष जनकराज भण्डारीले बताएका छन् ।

पहिलो चरणमा युवालाई नगरपालिकाको १४ वटै वडामा छुट्टाछुट्टै समूह बनाई परिचालन गरिने छ । उनीहरुले विभिन्न किसिमका भवन, बाटो, कुलो, पानीको मुहान मर्मत, सरसफाई र अवरुद्ध सडक मर्मत लगायतका काम गर्नेछन् । कार्यदलका सदस्यहरु परिचालन भएपछि उपभोक्ता समिति, ठेक्का मार्फत गरिने काम र डोजरको प्रयोग पूर्ण रुपमा बन्द गरिने नगर प्रमुख पदम बहादुर बोहराले बताएका छन् ।

जनशक्ति बाहिरिने र विकास निर्माणका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि कार्यदल गठन गर्न लागिएको मंगलसैन नगरपालिकाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्