सल्यानमा बिद्यालयको प्राङ्गन पहिरोले बगायो



साउन २०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यामिक विद्यालयमा तारजालि लगाएर निर्माण गरिएको फिल्ड अविरल वर्षाले बगाएको छ ।

कपुरकोट ३ मा रहेको उक्त विद्यालयमा फिल्ड निर्माण गर्दा लगाइएको तालजालि मध्ये १७५ थान जालि बगाएको विद्यालयले जनाएको छ । आइतबार विहान ४ बजेतीर ठूलो संख्यामा तारजाली वर्षासंगै भत्कीएर गएपछि फिल्डमा पूर्ण रुपमा क्षती पुगेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रविर कवरले जानकारी दिए ।

विद्यालयको फिल्ड सहित भत्कीएर गएका जालिले जागेश्वर गिरीको सुन्तला बगैचा र माधव गिरीको टिमुर खेतीमा नोक्सानी गरेको छ । साथै फिल्ड नै भत्कीएपछि कालिका माविका विद्यार्थी खेल्न तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समस्या पर्ने भएको प्रधानाध्यापक खिमलाल गिरीले बताए । जिल्लाकै नमुना विद्यालय बन्ने तयारिमा रहेको कालिका माविलाइ फिल्ड भासिएपछि केहि चुनौती थपिएको छ ।२०६९ सालदेखि लगाएको तारजालिमा विद्यालयले २१ लाख रुपैयाँ खर्च गरेको थियो । यस अघि २०६९ सालको साउन ६ गते परेको अविरल वर्षाले कालिका माविको पुरै भवनहरु भासिएका थिए । त्यसपछि जग्गा खरिद गरेर नयाँ भवन निर्माण गरेको विद्यालयलाइ फेरि अर्काे समस्या थपिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्