रुपन्देही । भैरहवास्थित युनिभर्सल कलेजमा अध्यायनरत विद्यार्थी माधव शाहको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनाब ग्रस्त बनेको छ ।
बीडीएस तेह्रौ व्याज अध्ययन गरिरहेका शाहको नितम्बमा पिलो आएपछि उपचारका लागि आफैंले पढिरहेको कलेजमा भर्ना भएका थिए ।
शनिबार अस्पताल गएका उनलाई उपचारका लागि साँझ पौने आठ बजे अस्पतालले भर्ना गरेको थियो ।
सहज रुपमा अस्पताल गएका उनलाई चिकित्सकले गलत औषधी दिएपछि मृत्यु भएको भन्दै शाहका आफन्त तथा कलेजमा अध्ययनरत विद्यार्थीले अस्पताल प्रशासनमा तोडफोड गरेका छन् ।
जनकपुर निवासी २४ वर्षका शाहको अस्पताल भर्ना भएको १२ घन्टा नबित्दै मृत्यु भएको थियो ।
अस्पलात तनाबग्रस्त बनेपछि सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ । आन्दोलनलाई नियन्त्रण गर्न प्रहरील बल प्रयोग गरेको छ । प्रहरीको लाठीले आन्दोलनमा रहेका विद्यार्थी घाइते भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।