टेक बहादुर पुन ,साउन २०, मलेसिया । कुनैबेला नेपाली युवाहरूको रोजगारीको पहिलो गन्तव्य बनेको मलेसियाबाट आजभोली दैनिक अप्रिय खबरहरु आइरहेकाछन् ।
अन्य मुलुकको तुलनामा सुरक्षा र सम्भाव्यताका दृष्टिले मलेसियाको अवस्था अहिले चिन्ताजनक छ । नेताहरुको मुखे समृद्धिले घेरिएको हाम्रो देश अनेकन पिडाले जेलिएको छ ।
सत्ता बाहिर हुँदा रोजगारी र विकासका ढड्डा पल्टाएर कहिल्यै नथाक्ने हाम्रा नेताहरु सत्तासीन बन्छन् र उहीँ रसपानमै ढाडिन्छन् । महिला अधिकारका ठुलठुला आश्वासन बेचेर कुर्सीमा पुग्नेहरु पनी हैकमको अघि निष्काम बन्छन् ।
भोट दिनेहरु खाँडि छिर्छन । अनि चोट दिनेहरु शासन चलाउछन् । भर्खरै नेपालमा सम्पन्न तीन तहको चुनावम निर्वाचितहरु सांसद र मन्त्री बने । तर त्यही निर्वाचनको प्रचारप्रसारमा खटिएर मतदान गर्ने थुप्रै युवाहरु यतिबेला देश छाडेर परदेश पसेका छन्।देशका युवाहरु नेताहरुको भर्याङ भइ सुनौलो भविष्य र समृद्ध राष्ट्रको नारा भट्टाएर कहिलेसम्म विदेशीनु पर्ने होरु यो विषय सोंचनिय छ । भर्खरै सम्पन्न निर्वाचनमा मतदान गरेकि एक रुकुमेलि चेली मलेसियामा अल्झिएकी छिन् ।
पुर्बि रूकुमको भुमे गाउँपालिका ४ कि हिरा पुन मगर चार महिना अघि रोजगारीका लागि मलेसिया आएकी हुन् । ललितपुरको ष्लतभचलबतष्यलब िःबलउयधभच च्भअचगतmभलत बाट मलेसिया आएकी उनी अहिले नसोचेको दुर्घटनामा परेपछि समस्यामा छिन् ।
८३ हजार नेपाली रकम तिरेर मलेयसिया ईपोहको त्तबगष्तिथ अयष्कि क्ष्लमगकतचष्भक कमपनिमा आएकी पुनलाई कम्पनिको काम सकेर होस्टेलमा पानी भर्न जादा भर्याङमा लडेपछि खुट्टामा गहिरो चोट लागेको छ । गम्भीर चोटका कारण विगत दुई महिनादेखि उनि काम गर्न नसक्ने अबस्थामा रहेको दाङका शान्तराज बुढा मगरले जानकारी दिनुभयो ।
स्थानीय मेडिकलमा पटकपटक उपचार गर्दापनी घाउ निको नभएपछि हाल उनी नेपाल फर्कन चाहान्छिन । यद्यपि नेपाल जानुपुर्व ४ हजार ७ सय मलेसियन रिंगिट भुक्तानी गर्नुपर्ने उनी कार्यरत कम्पनीले जनाएको छ ।
उता समस्या दर्शाउँदा मलेसिया पठाउने म्यानपावर र एजेन्टले पनि बेवास्ता गरेको पिडित पुनको दुखेसो छ । कम्पनीले भने अनुसारको रकम रकम जुटाउन नसक्दा अहिले उनि तनाबमा छिन् ।
साथै आफ्नो यो पिडामा रहेकी उनलाई सक्दो सहयोग गरेर सघाउन समेत उहाले सबैमा अपिल गर्नुभएको छ । सहयोग गर्न इच्छुक व्यक्ति या संघ सँस्थाले पिडित पुनको मोबाइल नम्बर ००६०११३९०४८५९४ मा सम्पर्क गर्नसक्ने पिडित पुनले जनाउनु भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।