राप्ती लोकमार्ग अन्तरगत दाङ–सल्यान सडकखण्ड अवरुद्ध



साउन २०, दाङ । राप्ती लोकमार्ग अन्तरगत दाङ–सल्यान सडक खण्ड अवरुद्ध भएको छ ।

केही दिन यताको लगातारको बर्षाले पहिरो गएपछि सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरतबहादुर विश्वकर्माले जानकारीदिए ।

कपुरकोट र तुलसीपुर बीचको पहिलो पंछाएर सडक खण्ड खोलिएको भएपनि सल्यानको त्रिवेणी गाउँपालिका लुहाम क्षेत्रमा गएको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको प्रहरी प्रमुख विश्वकर्माले जानकारी दिए । उनले पहिरो पंछाउन तथा सडक खण्ड खुलाउनका लागि प्रयास जारी रहेको जानकारी दिए ।

यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले भने( ‘दाङ र सल्यानको सीमाना क्षेत्रमा झरेको पहिरो पंछाएपछि अवरु छ,’ तुलसीपुर–कपुरकोट सडक खण्ड विहान साढे ८ बजेदेखि एकतर्फी रुपमा संचालनमा आएको जानकारी दिएका छन् ।राप्ती लोकमार्ग अन्तरगतको दाङको तुलसीपुर हुँदै सल्यानको कपुरकोट जाने सडक खण्ड आइतवार बिहानैदेखि अवरुद्ध थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्