नाईं नभन्नु ल ५’ को गीत रिलिज, बालापनको कुरा गर्दै सोड्रिना र अनुभव



काठमाडौं : भदौ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नाईं नभन्नु ल ५’ को गीत रिलिज भएको छ। आइतबार युट्युबमार्फत फिल्ममा समावेश ‘बालापनको उमेर’ बोलको गीत रिलिज गरिएको हो। वसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका दुई बालकलाकार अनुभव रेग्मी र सोड्रिना शर्मा फिचरिङ छन्। विकास आचार्य निर्देशित फिल्ममा अनुभव र सोड्रिनासँगै स्वस्तिमा खड्का, अभिषेक नेपाल, प्रियंका कार्की, दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतको पनि अभिनय रहेको छ। विकास आचार्य र सामीप्यराज तिमल्सेनाको संयुक्त पटकथा रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। ‘वान टाइम सिनेमा’को ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। हेर्नुहोस् गीत :

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्