को बन्ला ‘धुम–४’मा महाचोर ? सलमान कि शाहरुख !



यसराज फिल्मसको सुपरहिट चलचित्र ‘धुम’को चौथो भाग बन्ने भएको छ। यसअघि तीनवटै सिरिज हिट भएपछि चौथो सिरिज बन्न लागेको हो।

‘धुम–३’ प्रदर्शनमा आएदेखिबाटै धुम–४ मा को देखिएला भन्ने विषय सबैको चासोको विषय बनेको थियो। यशराज फिल्मस्ले केही दिनमै यसको घोषणा गर्न लागेको बताइएको छ।

फिल्मफेयरमा प्रकाशित समचार अनुसार यशराज ब्यानरले आमिर र अमिताभ स्टारर ‘ठग्स अफ हिन्दुस्तान’को फस्र्ट लुक रिलिज भएलगत्तै धुम–४ का प्रमुख कलाकारको घा्ेषणा गर्ने बताइएको छ। पिल्ममा नकरात्मक भूमिका अर्थात चोरको भूमिका सलमानले नभएर शाहरुख खानले निभाउन सक्ने र अहिले शाहरुखसँग कुनै ठूला प्रोजेक्ट पनि नभएका कारण उनले अभिनय गर्न सक्ने फिल्मफेयरको रिपोर्टमा उल्लेख गरिएको छ।

अहिले फिल्म ‘जिरो’को सुटिङमा बस्त रहेका शाहरुख पछिल्लो समय राकेश शर्माको बायोपिकमा काम गर्न चर्चा चले पनि यसको काम कहिलेबाट सुरु हुने भन्ने कुनै टुंगो नभएको बताइएको छ। त्यसैले जिरोपछि धुम–४ नै शाहरुखको फिल्म हुने अनुमान गरिएको छ।

धुमका सिरिजमा यसअघि जोन अब्राहम, ऋतिक रोशन, आमिर खानले चोरको भूमिका निर्वाह गरिसकेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्