सुनसरी — कुटपिटको मुद्दा मिलाउन खोजेको भन्दै कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका उपसभापति सन्तोष विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विकलाई शनिबार राति धरान ११ स्थित आफ्नै घरबाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलका अनुसार धरान १३ बस्ने दीपेश थपलियामाथि धरान १६ बस्ने वडासदस्य दीपक आचार्यसहित स्थानीय गोकुल राई र मनोज विष्ट मिलेर कुटपिट गरेको विषयको मुद्दा मिलाउन खोजेकाले विकलाई नियन्त्रणमा लिएको हो ।
जग्गा कारोबारको विषयमा साउन ९ गते आफूमाथि कुटपिट भएको भन्दै पीडित थपलियाले इलाका प्रहरी कार्यालय धरानमा साउन १० गते किटानी जाहेरी दिएका थिए । डिएसपी पौडेलले प्रक्राउ परेका विकमाथि छानबिन भइरहेको बताए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।