मन्त्री बस्नेतद्वारा दुःख व्यक्त



काठमाडौँ, २० साउन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृह जिल्ला जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा अविरल वर्षासँगै गएको पहिरोमा परी एकै घरका चारसहित आठ जनाको मृत्यु भएको घटनाको दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत मृतकका परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

मन्त्री बस्नेतले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै सरकारका तर्फबाट गर्नुपर्ने उद्धार, राहत, पुनःस्थापना र घाइतेको उपचारका निम्ति आवश्यक पहल र व्यवस्था भइरहेको जानकारी दिनुभयो । उहाँले उद्धार तथा राहत कार्यमा संलग्न स्थानीय प्रशासन, सुरक्षा निकाय, रेडक्रसकर्मी र स्वयंसेवकप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

 

आज बिहान गएको पहिरोले दुई घर पुरिँदा भेरी नगरपालिका वडा नं ६ घर भई ठाँटीबजारमा डेरा गरी बस्ने शीतली लोहार उहाँका छोरी १० वर्षीया रञ्जना, सात वर्षीया मनिषा र तीन वर्षीया भगवती सोही ठाउँकी आठ वर्षीया नज्मा बोहरा, १३ वर्षीया नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा कुसे गाउँपालिका–५ का ८ वर्षीय दशरथ परियारको निधन भएको थियो । पहरोमा परी लालबहादुर लोहार र तीर्थराज बोहरा घाइते हुनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्