दाङ २० साउन ।
घोराही–तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने दाङको ग्वारखोलाले बस बगाउँदा ११ जना घाईते भएका छन् । आईतबार साँझ ५ बजेतिर धनगडीबाट तुलसीपुर आउदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको हो । घाईते मध्य दुई जनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए । १७ जना यात्रु मध्य ११ जना घाईते भएका हुन् । अन्यको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
सबैको उद्धार भईसकेको डिएसपी सापकोटाले बताए ।स्थानीय गाडिहरु सहजै वारपार गरेपनि धनगडिबाट आएकाले सडक कच्वे पत्ता नलगाउँदा खोलाले गाडि बगाएको डिएसपी सापकोटाले बताए । घाईतेहरुको बिस्तृत विवरण भने आउन बाँकी छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।