ग्वार,खोलाले बस बगाउँदा घाईते भएकाको नाम ठेगाना खुल्यो



 

दाङ २० साउन ।घोराही–तुलसीपुर सडक खण्ड अन्तरगत पर्ने दाङको ग्वारखोलाले बस बगाउँदा गम्भीर घाईते भएका पाँच जनालाई कोहोलपुर रेफर गरिएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर रेफर गरिएको छ ।

 

आईतबार साँझ ५ बजेतिर धनगडीबाट तुलसीपुर आउदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बस खोलाले बगाउँदा गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी ४० बर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ बर्षकी होमा देवकोटा , तुलसीपुर उपमहानगरपालिका –१५ डुरुवा निवासी २२ बर्षकी प्रतिमा पौडेल, सुर्खेत दशरथपुर गाउँपालिका बस्ने २२ बर्षका दिपक दर्लामी, उनकी श्रीमती कृष्ण पौडेललाई थप उपचारका लागि कोहोलपुर रेफर गरिएको हो । उनीहरुलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका कोहोलपुर रेफर गरिएको हो ।

अन्य घाईतेहरुलाईलाई समान्य उपचार पछि डिस्चार्ज गरिएको छ । समान्य घाईतेहरुमा तुलसीपुर ७ वसन्तपुरका मिनबहादुर वली, तुलसीपुर, ८ निवासी ५० बर्षकी बिमाल देवी विक,तुलसीपुर, ५ ३८ की द्रौपता परियार, सोही ठाउँकी लक्ष्मी परियार, घोराही १९ बर्षका विजय बुढा, सोही ठाउँकी ५१ ज्योति बुढा , शानितनगर २ बस्नेत ३५ बर्षका खलकुमारी बस्नेत, रुकुम धर्मशाला गाउँपालिका ६५ बर्षकी पुर्ण रोका, कैलाली लागीचुवा नगरपालिका बस्ने १८ बर्षका सुवाश चौधरीरहेका छन् । उक्त बसमा १७ जना यात्रु सवार थिए । स्थानीय गाडिहरु सहजै वारपार गरेपनि धनगडिबाट आएकाले सडक कच्वे पत्ता नलगाउँदा खोलाले गाडि बगाएको डिएसपी सापकोटाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्