यौन सम्पर्क गर्न नमान्दा यस्तो भयो



 

बैंकक २१ साउन । यौनसम्पर्क गर्न नमान्दा थाइल्यान्डमा पूर्वसुन्दरीको गोली हानी हत्या भएको छ ।क्लबका मालिकसँग यौन सम्पर्क गर्न उनले अस्वीकार गरकी थिइन् । पूर्वसुन्दरी पविना नेमुइनग्रकमाथि ४ गोली टाउको र छातीमा प्रहार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

 

एकदिन अगाडि पविनाको जन्मदिन भएको र आफना साथीहरूसँग बर्थडे मनाउन क्लबमा पुगेका बेला गोली प्रहार भएको द सनले जनाएको छ ।गोली प्रहार गर्ने क्लबका मालिक पान्या यिंर्गेगको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्