अस्पतालमा तनाव : दुई राउन्ड हवाई फायर



रुकुम । चौरजहारी नगरपालिका-१, मा सञ्चालित चौरजहारी अस्पतालमा तोडफोड भएको छ। अस्पतालमा उपचारत एक महिलाको मृत्यु भएपछि अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आइतवार अस्पतालमा तोडफोड गरेका हुन्।

जाजरकोट भेरी नगरपालिका-१३, कुदुकी २८ वर्षीया यशोदा मल्ल आरसीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको इमर्जेन्सी, ढोका तथा काउन्टरमा तोडफोड गरेका हुन्।

तनाव भएपछि अस्पतालको सुरक्षा दिन पुगेका प्रहरीसँग झडप भएको छ। प्रहरीले भिड नियन्त्रण लिन दुई राउण्ड हवाई फायर गरेको छ।

गत शुक्रबार अस्पतालमा भर्ना भएकी यशोदा मृगौला र पत्थरी बिरामी थिइन्। रोगले च्यापेपछि उनका आफन्तले जिल्ला बाहिर लान चाहेका थिए। तर जिल्ला बाहिर लान हेलिकोप्टर ल्याण्ड भएपछि मात्र अस्पताल प्रशासनले मृत्युको खबर दिएको थियो। त्यसपछि आफन्त आक्रोशित भएका हुन्।

आफन्तले गलत सुईका कारण विरामीको मृत्यु भएको आरोप लगाएका छन्। अस्पतालका डाक्टर कालेव बुढाले स्वास्थ्यकर्मीको लापरहबाहीको कारण विरामीको मृत्यु नभएको दाबी गरे। यशोदाको उपचारकै क्रममा मृत्यु भएको उनको भनाइ छ।

 

Via : Annapurnapost

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्