वर्षा भइरहेपछि यी स्थानमा उच्च सतर्कता अपनाउन अपील



काठमाडौं, २१ साउन । आइतबार रातिदेखि देशभरि भइरहेको वर्षाबाट बच्न सरकारले आह्वान गरेको छ ।

सोमबार पनि देशैभरि मध्यम वर्षाको सम्भावना रहेको बाढी मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाले देशभरिका नदीहरूको बहाव बढ्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ ।

‘देशैभरि मध्यम वर्षाको संभावना छ र आज प्राय नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । कन्काई, कमला, बागमती लगायतमा बहाब आज दिउँसोसम्म बढ्नेछ । दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनसरी, सिन्धुली जिल्लामा सतर्क रहौं’, पूर्वानुमान शाखाले भनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्