यात्रुबहाक बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर



सन्तोष थापा,

जोमसोमका लागि छुटेको यात्रुबहाक बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान ९ : ३० बजेको समयमा दुर्घटना भएको हो ।

पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट करिव १० फिट तल खसेको थियो । मोदी गाउँपालिका ६ बेतनीमा भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतबाट घटनास्थलमा सुरक्षाकर्मी टोली पुगी उद्धार कार्य जारी राखेको छ ।

घटनामा गम्भिर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरातर्फ पठाइएको छ भने सामान्य घाइते १३ जनालाई जिल्ला अस्पताल पर्वत पठाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्