श्रीमती बलात्कारको अारोपमा श्रीमान् पक्राउ



भद्रपुर ,झापा। इच्छाविपरीत श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। २२ वर्षीया श्रीमतीले २७ वर्षीय श्रीमान्माथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

श्रीमान्ले चाहना विपरीत जबरजस्ती यौनसम्पर्क गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी वैवाहिक बलात्कार मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। उनका अनुसार विवाह भएको दुई वर्षपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी हुन्।

उजुरीमा श्रीमान् एक सातासम्म घर नफर्किने र घर फर्किएपछि इच्छा विपरीत पटक–पटक जबरजस्ती यौन सम्बन्ध राख्ने गरेको ती महिलाले आरोप लगाएकी छन्। चार वर्षीय बालिका बलात्कृत अर्जुनधारामा चार वर्षीय बालिका बलात्कार भएकी छिन्।

अर्जुनधारा नगरपालिका–२ झेलेनीका १५ वर्षीय विजय गजमेरले बालिकालाई बलात्कार भएको पीडितका परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन्।

गत साउन १६ मा रोपाइँमा गएकी हजुरआमालाई पछ्याएर गएकी बालिकालाई गजमेरले अम्बकको प्रलोभन देखाएर बलात्कार गरेको बताइएको छ। बलात्कारको आरोपित गजमेर फरार रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्