फ्ल्याट नै भाडामा लिएर यौन धन्दा चलाउने दुई युवती पक्राउ



काठमाडौं । राजधानीको विभिन्न स्थानमा फ्ल्याट भाडामा लिई यौन धन्दा संचालन गराउने दुईजना युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर स्थायी घर भई हाल लाजिम्पाट डेरा गरी बस्ने २८ वर्षकी प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका-८ का  १८ वर्षीया मन्दिरा तामाङ रहेका छन्।

उनीहरूले पैसाको प्रलोभन देखाइ परपुरुषहरूसँग जबरजस्ती यौनसम्पर्क राख्न लगाई मोटो रकम अशुली गर्ने गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए। उनीहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाक आधारमा पक्राउ गरेको हो। उनीहरूमाथि मानव बेचबिखन ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

  • thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्