सुवास गोतामे,
काठमाडौँ ।राजधानीको काँडाघारीबाट अपहरणमा परेका एक बालकलाई छुटाउन पुगेको प्रहरीले अपहरणमा संलग्न टोलीमाथि गोली हानेको छ । अपहरित बालकलाई छुटाउन गरिएको सर्च अप्रेशनका क्रममा गरिएको ‘इन्काउन्टर’ मा दुई युवामा मारिएका हुन् ।
प्रहरीले चलाएको गोली लागेर गोपाल तामाङ र अजय तामाङ नामका दुई युवा मारिएका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।
सिंहका अनुसार अपहृत बालकको पनि हत्या भएको छ । उनको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सिंहले जानकारी दिए ।
दुवैजनामाथि प्रहरीले १८ राउन्ड गोली चलाएको थियो । उनीहरु दुवैको घटनास्थलमै ज्यान गएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।