प्रतिनिधिसभाले संसदीय समितिहरूमा पठायो प्रस्ताव



काठमाडौं : प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको सोमबार बसेको वैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तालाई पनि सर्वसम्मतिले स्वीकृत गरेको थियो।

अर्थमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय  मामिलामन्त्री ढकालले प्रस्तुत गरेको लोखापरीक्षण विधेयक २०७५ र बीमा विधेयक २०७५ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सदनले सर्वसम्मतिले स्वीकृत गरेको थियो।

यसअघि सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको प्रतिनिधिसभा अन्तर्गतको विभिन्न विषयगत समितिमा  रहने सासदहरूको नाम हेरफेरलाई सभाले अनुमोदन गरेको थियो। बैठकमा सभामुख महराले वर्तमान मन्त्रिपरिषदको पछिल्लो विस्तार सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाएका थिए। प्रतिनिधिसभाको बैठक साउन २७ गते १ बजेसम्मका लागि स्थगित भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्