अख्तियारले राजस्व विभागका निलम्बित महानिर्देशक विरुद्ध आज भ्रष्टाचारको मुद्दा दायर गर्दै



असार ३०, २०७४ काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध आज भ्रष्टाचारको मुद्दा दायर गर्दैछ । करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा आज मुद्दा दर्ता गर्न लागिएको हो । सर्वोच्च अदालतले शर्मालाई आजै उपस्थित गराउन समय दिएको छ । व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो । शर्माका पत्नी कल्पना उप्रेतीले दुव्र्यवहारको आरोपसहित दर्ता गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शर्मालाई उपस्थित गराउन अख्तियारलाई आदेश दिएको थियो । हिजो मुद्दा दर्ता गर्न अख्तियार टोली विशेष अदालत गएपनि फाइल रुजु गर्न समय अभाव भएपछि आज गर्न लागिएको हो । शर्मासँगै आयोगका तत्कालीन संयोजक चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत र अर्का सदस्य चार्टर्ड एकाउन्टेन्ट उमेश ढकालमाथि भ्रष्टाचार अभियोग छ । झन्डै ३० अर्ब ५२ करोड रुपैयाँ बराबर मिनाहा दिइएको, जसका कारण मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै किटानीसहित अख्तियारमा उजुरी परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्