प्रतिनिधिसभा शून्य समयमा सांसदहरुको यस्तो राम्रो माग



काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले मुलुकभरमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत र विस्थापित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन सकारको ध्यानाकर्षण गराएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले बाढी र पहिरोमा परेर मृत्यु भएकालाई राहत र विस्थापितको पुनस्थापनामा सरकारको ध्यानाकर्षण गराएका हुन्।

मुल्यवृद्धि नियन्त्रण, राजधानीको सडक सुधार, महिला हिंसाका दोषीलाई कारबाही लगायतका विषयमा पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। सत्या पहाडीले जाजरकोट लगायतका जिल्लामा वर्षाका कारण आएको बाढी पहिरोले मानविय र भौतिक क्षति भएको भन्दै मृतक परिवारलाई राहत र विस्थापित परिवारको उचित बसोबासको व्यवस्था गर्न माग गरिन्।

सांसद सरला कुमारी यादवले रौतहटमा वर्षासँगै स्थानीय बागमति र बकैया नदीले तटबन्ध भत्काउदा मानवबस्ती डुबानमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद लक्ष्मी परियारले संसदीय व्यवस्थामा प्रतिपक्षीको भुमिकामाथि प्रहार हुनुको साथै दुई तिहाईको दम्भले नागरिकको अधिकार हनन भएको र लोकतन्त्र मासिने खतरा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

शान्ता चौधरी दाङको घोराईमा निर्माणाधिन पुलहरूको काम वर्षौ भईसक्दा पनि आधा काम पनि नभएको भन्दै समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्। शान्तिमाया तामाङ पाख्रिनले दोलखाको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जिल्लाबासीका लागि १० प्रतिशत शेयर खुल्नु राम्रो कुरा भएपनि प्रारम्भीक लागत बढेको बारेमा सत्य तथ्य जानकारी गराउन माग गरिन्। सांसद सत्यनारायण शर्मा खनालले दैनिक उपभोग्य सामानको मुल्यवृद्धि नियन्त्रण र सडक सुधारमा सरकारले ध्यान नदिएको भन्दै सडकको अवस्था सुधार गरी मुल्यवृद्धि नियन्त्रण गर्न सरकारसंग माग गरे। समीना हुसेनले महिला हिंसा न्यूनिकरणका लागि सरकारले के गर्दैछ भनेर सदनलाई जानकारी गराउन माग गरिन्।

सांसद सरिताकुमारी गिरी जन्मसिद्ध नेपाली नागरिकका परिवारले नागरिकता नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद सरवत आरा खानमले कंचनपुरकी बालिका निर्मला पन्तको हत्याको घटना नसेलाउदै बाँके भत्तेपुरमा थारु समुदायकी १२ वर्षीया बालिका बलात्कृत भएको भन्दै दोषीलाई सरकारले कहिले कारबाही गर्छ भनी प्रश्न गरिन्।

उनले महिला माथि अपमानजनक अभिव्यक्तिदिने दुर्गाप्रसाद प्रसाईंलाई कारबाही किन भएन भनि प्रश्न गरेकी थिइन्। सांसद संजयकुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत मध्यवर्ती क्षेत्र भित्र रहेका ७०२ जना वन्यजन्ज्तु पीडितलाई अझैसम्म राहत उपलब्ध नगराइएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्