खेलकुद

तुलसीपुर मुलुककै पहिलो स्पोर्टस् सिटी बन्ने

By थाहा अनलाइन

August 06, 2018

 

दाङ २१ साउन ।  तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी दाङमा निर्माण गर्ने भएको छ । (राखेप)द्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुलसीपुरमा स्पोर्टस् सिटीको निर्माण गर्ने भएको छ । गत पुसमा राखेप सञ्चालक समितिका सदस्य विनोद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन टोलीले खेल मैदान निर्माणका सर्वे गरेको थियो ।

 

कार्यदलले करीब सात महिना लगाएर तयार पारेको उक्त प्रारम्भिक प्रतिवेदन अनुसार पर्याप्त खेल मैदान, संरचनाको निर्माण थालनी प्रक्रिया, स्थानीयवासीको खेलकूदप्रतिको सकारात्मक सोच, यातायातको सुविधा, खाना तथा बसोवासका लागि आवश्यक पूर्वाधार निर्माण, थप जग्गा उपलब्धताका लागि आवश्यक पहललगायत कारणले तुलसीपुर मुलुककै पहिलो स्पोर्टस् सिटीका लागि उपयुक्त भएको ठहर गरेको थियो ।

 

कार्यदलले फुटबल, ब्याडमिन्टन, भलिबल, टेबल टेनिस, पौडी तथा मार्सलआर्टस्सहितको स्पोर्टस् सिटी र एकेडेमीलगायत पूर्वाधार निर्माण तथा विकासका लागि तुलसीपुर उपयुक्त भएको सुझाव दिएको छ । ‘समथर भू–भाग, प्रदेश नं ५ को आर्थिक हब, बलियो सुरक्षा घेरा, मौसम तथा हावापानी अनुकूल, शिक्षा र स्वास्थ्यको पहुँच, खेलमैत्री परिवेश तथा पर्याप्त मात्रामा जग्गा उपलब्ध हुनुले तुलसीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त देखिएको हो,’ कार्यदलका सदस्य भट्टले भने ।

सो कार्यदलमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओली, खेल विज्ञद्वय निलेन्द्रराज श्रेष्ठ र शिवराज भट्ट तथा दाङ जिल्ला खेलकूद विकास समतिका अध्यक्ष डिल्लीबहादुर डाँगी सदस्य रहनु भएको थियो ।