साथी को छोरा थीय निशान
अन्ततः अपहरणमा परेका बालक सोमबार दिउँसो हत्या गरिएको अवस्थामा भेटिए । राजधानीको सुरक्षा व्यवस्था चुस्त, दुरुस्त भएको दाबी गरेकै बेला घटेका पछिल्ला ‘चुनौतिपूर्ण’ दुई घटना हुन् यी । पाललाई धम्की दिनेहरुको खोजी भइरहेका बेला बालकको अपहरण मात्र भएन, हत्या समेत गरियो । यसले पनि प्रष्ट पार्छ कि काठमाडौँ उपत्याकामा सुरक्षा व्यवस्था कति भरपर्दाे छ भनेर ।
आइतबार साँझ काँडाघारीस्थित आफ्नै डेरा नजिक खेलिरहेका निशान खड्का अपहरणमा परे । पहिलो पटक राती ९ बजे अपहरणकारीले उनकी आमा चमेलीलाई फोन गरेर फिरौती मागेका थिए । शुरुमा २ करोड फिरौती मागेका उनीहरुले अन्तिममा ४० लाख भन्दा नघट्ने बताएको आफन्तले जनाएका छन् । बालकका आफन्तले त्यत्रो फिरौती दिन नसक्ने जवाफ दिएका थिए ।
त्यसपछि अपहरणकारीहरुले निशानको आइतबार राती नै हत्या गरि भक्तपुरको मध्यपुर थिमी–९ स्थित नगदेशमा बन्दै गरेको घरको प्रांगणमा खाल्डो खनेर गाड्छन् । सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे । उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन् । उनी स्थानीय एक स्कुलमा ६ कक्षामा अध्ययनरत रहेको बताइएको छ ।
बालक अपहरणको घटनापछि उपत्यकामा आइतबार रातीबाटै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत बालकको खोजीमा खटिएका थिए । तर, बिडम्बना उनीहरुले बालकको जीवितै उद्धार गर्न सकेनन् । बरु प्रहरी इन्काउन्टरमा परी दुई जना अपहरणकारीको पनि मृत्यु भएको छ ।
मारिनेहरुमा नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकको कर्थली २३ वर्षीय अजय तामाङ रहेका छन् । एक जना शंकास्पद महिला पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।
अपहरणकारी तामाङद्वय निशानकी आमाले सञ्चालन गरेको होटलमा खाजा खान आउने नियमित ग्राहक भएको बुझिएको छ । त्यसैक्रममा उनीहरु निशानसँग घुलमिल भएका थिए । त्यही घुलमिलको फाइदा उठाउँदै अपहरणकारीले उनलाई अपहरण गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।अपहरणपछि उनीहरुले निशानलाई भक्तपुर ठिमीको एउटा निर्माणाधीन घरमा मुखमा पट्टी बाँधेर राखेका थिए । निसास्सिएका निशानको उनीहरुले घाँटी थिची हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।