हराएका एक व्यक्ति मृत भेटिए



 

रोल्पा २१ साउन  तेह्र दिनदेखि हराइरहेका रोल्पाका एक व्यक्तिको आज शव भेटिएको छ । रोल्पा नगरपालिका–९ का ५८ वर्षीय आशबहादुर पुनको शव सडेको अवस्थामा भेटिएको हो । स्थानीय झ्यापुर धारा भिरको बाटो हँुदै घर फर्केका उनी मादकपदार्थ सेवनको कारण लडेको हुनसक्ने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताउनुभयो ।

 

मृतक पुन घरदेखि आठ किलोमिटर टाढा रहेका आफन्तको घरमा गएका थिए । घटनाका जानकारी पाउने बित्तिकै सदरमुकाम लिवाङबाट घटनास्थल पुगेको प्रहरी टोलीले शव निकाली अन्तिम संस्कारका लागि आफन्तलाई जिम्मा लगाएको थियो ।

लामो समयसम्म घर नफर्केपछि परिवारका सदस्यहरुले खोजी गर्दासमेत भेट्टाउन सकेका थिएनन् । गाउँलेहरुको सहयोगमा खोजी कार्य जारी राख्दा खोल्सामा कुहिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्